स्वागत गजल
---------
---------
स्वागत गर्दै हजुर , गजल गुँड बनाउँदैछु ।
तिर्खा मेट्न ग-जल पिउंने डुँड बनाउंदैछु । १
कहाँ सक्नु हजुर म आफु ऐरावत नै बन्न ,
तै हजुरलाई स्वागत् गर्ने सुँड बनाउंदैछु । २
नगाँसिनु गाँसि'गयो साईनो यो गजलसंग,
गाढा राख्न सम्बन्धलाई अक्षुण बनाउंदैछु । ३
मलाई पुन गजलमा जन्मलिने ईच्छा हुँदा ,
सिला खोजेर गजलकै यो भ्रुण बनाउंदैछु । ४
गजल नारेर मनको खेत जोतुँजोतुँ लाग्दा ,
शब्द-शब्दले पोयो हाली हल्लुण बनाउंदैछु । ५
कैलेकाँही देख्छु आफ्नै मनमा घाउ लागेको छ ,
निकोपार्न गजल पिसेर चुर्ण बनाउंदैछु । ६
गजलको सानो एउटा झुप्रो हाल्ने ईच्छा थियो ,
बल्लतल्ल त्यही ईच्छा आज पुर्ण बनाउंदैछु । ७
वरिपरी देखिएसम्म बिसंगतीहरुलाई ,
धित मरुञ्जेल ठुँग्न तिखो ठुँड बनाउंदैछु । ८
सर्प बनि चारैतिर विष ओकल्दै हिंड्नेलाई ,
स्वाट्टै निलेर पचाउने गरुड बनाउंदैछु । ९
खस्रो मसिनो हुनजाला बोली मेरो माफी माग्दै ,
सकेसम्मै लेखाईलाई करुण बनाउंदैछु । १०
अब जिम्मा हजुरलाई जोखी तौली भनिदिने ,
के म आफ्नो गजललाई तरुण बनाउंदैछु ? ११
हुनसक्छ गुँडभित्र तर्साउने अँध्यारो पनि ,
'दीपक' बालेर भित्र पस्ने 'मुड' बनाउंदैछु । १२
***********************

१
अगाडी थप्दै जान बाँकी छ । गुँड बनाउन झ्यास्/पराल् छेस्का छेस्की लगभग भेला पारीसकेको छु । प्रतिक्षा गर्नुहोला । धन्यवाद !
4 comments:
dipak g ( ya jhapaki g namaskaram ra gajal gud ma pani saugat haru paskanu paryo ni tapaiko pargati chahi ramrai rahe6
मेरो साहित्य सँसार र विविध chai ramro rahe6 ani tapaiko kabita ko yatra pani dherai ramro rah6(मेरो कविता यात्रा)
sathai एक अञ्जुली माया / गिती संग्रह ta jhan babal 6 k ho pargati ani ko sathai nisthuri ani mayako kura ta dherai rahe6,
jhapali g ko pargati nikai ramro rahe6
जडित जी राम्रो प्रयास ! अब अरु ग़ज़लहरु थप्न पर्यो,
गुडमा हेर्दै छु, थकाई मार्न र ग़ज़लको स्वाद चाख्न आउने चराहरु, फर्केर नजाउन ।
धन्यवाद बेदनाथजी र कृष्णजी , यसको लागी समय मिलाउन सकेकै छैन । प्रयासमा छु सकेसम्म छिट्टै आउने ।
Post a Comment